सुपारी, मरिच, केराउ र छोकडा आयात खुला गरिँदै
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक प्रयोजनको लागि बन्देज गरिएको सुपारी, मरिच, केराउ र छोकडाको आयात खुला गर्ने तयारी गरेकोे छ । यसको लागि मन्त्रालयले तयार गरेको औद्योगिक प्रयोजनको लागि सुपारी, मरिच, केराउ र छोकडाको आयात खुला गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।
यसअघि उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, केराउ र मरिचको आयातमा रोक लगाइएकोमा अब जुनसुकै औद्योगिक प्रयोजनको लागि ती वस्तुहरूको आयात खुुला गर्ने ‘लबिङ’मा मन्त्रालय लागेको हो । लामो समयदेखि अन्य उद्योगहरूले यी सामग्री आयात गर्न नपाएको कारण उद्योगहरूले समस्यामा परेको गुनासो गर्दै आएकोमा त्यसलाई समाधान गर्नका लागि मन्त्रलाय अघि बढेको मन्त्रालयका एक अधिकारीले बताए ।
उद्योगीहरूले सीमित क्षेत्र छुटाएर मात्र ती वस्तुको आयात गर्न दिँदा अन्य उद्योगहरू समस्यामा परेको उद्योगीहरूले गुनासो गरेका थिए । कच्चा सुपारी, केराउ, मरिच र छोकडा प्रयोग हुने उद्योगहरू मुलुकमा प्रशस्त भएकाले उनीहरूले यसको आयात खुला गर्न माग गर्दै आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा रहेका कारण उनी फर्किएपछि उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी मन्त्रालयले गरेको छ । प्रधानमन्त्री दाहाल फर्किएपछि पहिलो बैठकमा प्रस्ताव लैजाने तयारी भइरहेको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
मन्त्रालयका अनुसार मन्त्रिपरिषद् लैजाने सो प्रस्तावमा औद्योगिक प्रयोजनको लागि आयात अनुमति दिने भए पनि ट्रेडिङ कम्पनीलाई भने आयात गर्न नदिने सर्त अघि सारिएको छ । सुपारी, मरिच, केराउ र छोकडा नेपाली बजारमा उपभोगभन्दा पनि तस्कर गरी भारत निर्यात व्यापार गर्ने हुँदा सरकारले यसको आयातमा बन्देज गर्नुपर्ने मन्त्रालयका आधिकारीको भनाइ छ । भारतमा गुट्खा उद्योग प्रशस्त रहेको र खपत बढी हुने भएकाले सुपारी आयातमा बन्देज लगाइएको छ । यही कारण नेपाली व्यवसायीले इन्डोनेसियाबाट सुपारी ल्याई भारत पठाउने गरेका छन् । खुला सिमानको फाइदा उठाउँदा सिमानामा रहेका नेपाली तथा भारतीय व्यवसायीको मिलेमतोमा सुपारी, मरिच, केराउ र छोकडालगायतका सामग्रीहरूको तस्करी हुनेगरेको पाइन्छ । नेपाली बजारमा भने पछिल्लो समय चाडबाड नजिकिएसँगै यी सामग्रीको माग बढ्ने व्यवासायीको भनाइ छ ।
यसअघि सरकारले औद्योगिक प्रयोजनका २०७९ असार मसान्तसम्ममा सुपारी, मरिच र केराउको अयाात खुला गर्ने निर्णय गरेको थियो । सरकारले ‘उत्पादमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८’ निर्माण गरी ती वस्तुहरूको आयात खुला गरेको थियो । तस्करीको कारण विभिन्न समयमा सुपारी, केराउ, मरिचको आयात प्रतिबन्ध लगाउने गरेको पाइन्छ भने व्यवसायीको दबाबमा खुला गर्ने गरिएको पाइन्छ ।
२०७८ फागुन अन्तिम सातामा पनि तत्कालीन सरकारले व्यवसायीको दबाबमा यी सामग्री आयातमा लगाएको प्रतिबन्ध खुला गरेको थियो । सो समयमा मन्त्रालयले सुपारी आयात खुलाउन कार्यविधि नै तयार पारेको थियो । कार्यविधिअनुसार आयात भएको सुपारी तथा केराउ भारत निर्यात गर्न नपाइने व्यवस्था समेत गरेको थियो, जसको प्रमुुख कारण भनेको यसमा हुने तस्करी नै थियो । मन्त्रालयको पछिल्लो निर्णयले तस्करलाई सहज नहोस् भन्नेमा ख्याल गर्नुपर्ने सरोकारावालाहरूको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया