एक महिनामा झण्डै चार हजार फर्म-व्यक्ति कालोसूचीमा
काठमाडौं । आर्थिक मन्दीकै कारण पछिल्लो समय कालोसूचीमा पर्ने व्यक्ति, फर्म र कम्पनीहरूको संख्या बढेको छ । मन्दीका कारण वस्तु तथा सेवाबजार चलायनमान हुन नसकेको, महँगी बढ्दा आम्दानीको ठूलो हिस्सा दैनिक उपभोग्य वस्तुको खरिदमा सकिने हुँदा अन्य वस्तुको कारोबार खस्किएको छ । यसले गर्दा उद्योग, व्यवसाय प्राय ठप्प बनेको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर उद्योग व्यवसाय चलाएका ग्राहकहरूमा कर्जाको साँवाब्याजबापतको किस्ता तिर्नसक्ने क्षमतामा निकै नै कमी आएको छ । योसँगै चेक बाउन्स (खातामा चेकमा उल्लेख रकम नभएकोे)को मुद्दालाई पनि पछिल्लो समय कालोसूचीमा राखिने गरेकाले कालोसूचीमा पर्ने फर्म, कम्पनी तथा व्यक्तिहरूको संख्या बढेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले कुनै पनि किसिमको कर्जाको भाका नाघेको तीन महिना पुगेको कर्जालाई अनिवार्यरूपमा कालोसूचीमा राख्नको लागि कर्जा सूचना केन्द्रमा पठाउनुपर्छ । ‘मन्दीको कारण व्यापार व्यवसाय ठप्प हुनु र कालोसूचीमा राख्नुपर्ने समयसीमा कम भएकाले पनि कालोसूचीमा पर्नेहरूको संख्या बढेको हो’, कर्जा सूचना केन्द्रका प्रवक्ता विजयकुमारले भने । प्रवक्ता कुमारका अनुसार आर्थिक वर्ष २०७९/८० को भदौ मसान्तममा बैंक तथा वित्तीय संस्थाका समेत गरी कुल तीन हजार आठ सय जना व्यक्ति तथा संस्थाहरू कालोसूचीमा परेका छन् । यसरी कालोसूचीमा पर्नेहरूमा विमला कार्की, अम्बिका दर्जी, मनकुमारी सन्दुला, अश्मी दोम्जोन, सुलोचना कपाली, अनिता शाही, चन्द्रकुमारी ठकुरी, गिता कामी घतानी, बालकुमारी तामाङ माली तामाङ, बेली विश्वकर्मा, सुनिता राना नगरकोटी, निरा मानन्धर, मिरा नापित, तारा कुँवर, जुनी तामाङ, याङलामु शेर्पीनी, सिता श्रेष्ठ, समिता चौंलागाई सापकोटा आदि रहेका छन् । यसैगरी लक्ष्मी तामाङ, सावित्री तामाङ, खम्बु सिंह, चन्द्रमाया गोले, सम्झना घलान, देवी शिवभक्ति तामाङ, बिन्जु शाक्य, रस्मिता उदय, श्रीमायाँ तामाङ, मञ्जु परियार, टकमाया गुरुङ, अञ्जु गुरुङ, तेजकुमारी गुरुङ, मिना गुरुङ तामाङ, विष्णुमाया गुरुङ, मनु विक र कमला श्रेष्ठ पनि भदौ महिनामा नै कालोसूचीमा परेका छन् चालू आवको भदौ महिनामा कालोसूचीमा पर्नेहरूको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा एक हजार चार सय ९३ वटाले बढी हो । प्रवक्ता कुमारका २०७८/७९ को भदौ मसान्तममा भने कालोसूचीमा फर्म, व्यक्ति तथा कम्पनीहरूको कुल संख्या दुई हजार तीन सय सात थियो ।
यद्यपि गोकर्ण फरेस्ट रिसोर्ट पनि कालोसूचीमा परेको भन्ने विषयमा भने आफूलाई जानकारी नभएको प्रवक्ता कुमारले बताए । ‘उक्त रिसोर्ट कालोसूचीमा परेको भए त्यसको रेकर्ड हामीसँग हुन्थ्यो, तर मसँग अहिलेसम्म त्यस्तो रेकर्ड आइपुगेको छैन’, उनले भने । आर्थिक वर्ष २०७९/८० को भदौ मसान्तमा कालोसूचीमा परेका मध्ये एक सय पाँचवटा फर्म, कम्पनी तथा व्यक्तिको भने कालोसूची फुकुवा भएको जानकारी केन्द्रका प्रवक्ता कुमारले दिए । उनका अनुसार सबै किसिमका गरी चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा कालोसूचीमा परेका फर्म, कम्पनी तथा व्यक्तिहरूको कुल संख्या भने ६३ हजार ७१ छ ।
केन्द्रमा सूचीकृत कम्पनीहरूको संख्या भने पछिल्लो अवधिमा एक सय २९ छ । जसमध्ये २० वटा वाणिज्य बैंक, राष्ट्रियस्तरका आठवटा विकास बैंक, क्षेत्रीस्तरका नौवटा विकास बैंक, १८ वटा फाइनान्स कम्पनी, ५७ वटा लघुवित्त वित्तीय संस्थाहरू, एउटा इन्फ्रास्ट्रक्चर बैंक, पाँचवटा सहकारी संस्थाहरू, १० वटा हायर पर्चेज कम्पनी र अन्य क्षेत्रको एउटा कम्पनी सूचीकृत छन् । केन्द्रमा सूचीकृत यस्तो संख्यामा एक सय ३७ रहेको भए पनि धेरै वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका कारण पनि पछिल्लो समय केन्द्रमा सूचीकृत संख्या घटेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया