Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर


काठमाडौं । पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित तीन जनालाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीश यमुना भट्टराई र खुुसीप्रसाद थारूको संयुक्त इजलासले पूर्वमन्त्री श्रेष्ठसहित उनकी श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध चार करोड ४५ लाख २७ हजार छ सय ६८ रुपैयाँ गैरकानुनीरूपमा आर्जन गरेको भन्दै २०७८ फागुन १५ गते मुद्दा दायर गरेको थियो । निजामती सेवामा शाख अधिकृतबाट सेवा प्रवेश गरी सचिव भएर अवकाश भएका श्रेष्ठ २०७० सालमा तत्कालीन खिलराज रेग्मीको नेतृत्वमा पर्यटन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालय सम्हालेका थिए ।

अदालतले श्रेष्ठलाई छ महिना कैद र ९८ लाख २९ हजार पाँच सय ३७ रुपैयाँ जरिवाना र त्यति नै बराबरको बिगो जफत गर्न आदेश दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया