Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘दीपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठान’को उद्घाटन

‘दीपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठान’को उद्घाटन


काठमाडौं । सामाजिक अभियान्ता तथा लेखक दीपेन्द्रराज गिरीले स्थापना गरेको ‘दीपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठान’को उद्घाटन गरिएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिष्ठानको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले शारीरिकरूपमा अशक्त भएर पनि निरन्तर आफ्नो कर्ममा लागेका गिरी समाजको उदाहरणीय पात्र भएको बताए । आफूजस्तो स्पाइनल समस्या भोगिरहेकालाई सहायता गर्न र यसबारे जनचेतना फैलाउन प्रतिष्ठान सुरू गरेकोमा गिरीलाई उनले धन्यवाद दिए । ‘गिरीजीले प्रतिष्ठान नै खोलेर आफूजस्तो शारीरिक अशक्तता भएकाहरूको जीवन सहज बनाउन जुन प्रयत्न थाल्नुभएको छ । त्यो एकदमै प्रशंसनीय छ,’ ओलीले भने । कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले दीपेन्द्रराज गिरीजस्ता पात्रलाई सबैले उत्साह र ऊर्जा दिनुपर्ने बताए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया