काठमाडौं । अन्ततः सुनको दैनिक आयात कोटा बढेको छ । विगत लामो समयदेखि व्यवसायीहरूले सुनको दैनिक आयत कोटा माग गर्दै आएका थिए । तर, नेपाल राष्ट्र बैंकले सुन आयातका कारण विदेशी मुद्राको सञ्चितिमा दबाब परेको भन्दै सुनको दैनिक आयात कोटालाई १० केजीमा सीमित राखेको थियो । तर, बुधबार भने राष्ट्र बैंकले परिपत्र जारी गरी सुनको दैनिक आयात कोटा २० केजी पु¥याएको छ । यो व्यवस्थाअनुसार अबदेखि वाणिज्य बैंकहरूले दैनिकरूपमा २० केजीका दरले सुन आयात गर्न पाउनेछन् ।
राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ, एकीकृत परिपत्र २०७९ अन्तर्गतको सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि २०६८ को दफा ४ (क) ८ र दफा २४ लाई संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हालको लागि २० केजी कायम गरिएको हो । यसअघि भने सुनको दैनिक आयात कोटा १० केजी मात्र रहेको थियो ।
नेपालमा अहिले २० वटा वाणिज्य बैंकहरू सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका २० मध्ये दैनिकरूपमा सुनको आयात गर्ने बैंकको संख्या १६ वटा मात्र रहेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर एसोसिएसन (एनबीए)ले जानकारी दिएको छ । वाणिज्य बैंकहरूमध्ये एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकले सुन आयात गर्दैनन् । सुन आयातको लागि एनबीएले दिएको सिफारिसको आधारमा बैंकहरूले सुन आयात गर्छन् । राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार अब भने वाणिज्य बैंकहरूले दैनिकरूपमा २० केजीको दरमा सुन ल्याउने भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
- विराटनगरको कवाडी पसलको आगलागीबाट तीनको मृत्यु, तीन जनाको उपचार हुँदै
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया