विदेशी लगानीकर्ताले लगे १६ अर्ब ९२ करोड लाभांश
दुई आर्थिक वर्षमा ३० अर्ब ५६ करोड लाभांश बाहिरियो, लाभांश बाहिरिनेमा २० प्रतिशतले वृद्धि
काठमाडौं । कुल वैदेशिक लगानी प्रतिबद्धताको करिब ३० प्रतिशत मात्रै रकम भित्रिने नेपालबाट लगानीको प्रतिफलस्वरुप १६ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ । विदेशी लगानीकर्ताले गएको १३ महिनामा १६ अर्ब ९२ करोड रुपैयाँ लाभांश नेपालबाट लगेका हुन् । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्म उक्त लाभांश रकम लगेका हुन् । एक आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७९/८० मा भने १६ अर्ब ६७ करोड रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा भने १३ अर्ब ८९ करोड रुपैयाँ लाभांश उनीहरूले नेपालबाट लगेका छन् ।
विभागका अनुसार गत आर्थिक वर्षको भदौमा आठ करोड ६८ लाख रुपैयाँ, असोजमा एक अर्ब तीन करोड ५५ लाख रुपैयाँ, कात्तिकमा एक अर्ब ७५ लाख रुपैयाँ, मंसिरमा आठ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ, पुसमा आठ करोड ३७ लाख रुपैयाँ, माघमा दुई अर्ब १७ करोड २८ लाख रुपैयाँ, फागुनमा २८ करोड ८१ लाख रुपैयाँ, चैतमा तीन अर्ब १४ करोड ५३ लाख रुपैयाँ, वैशाखमा एक करोड ८६ लाख रुपैयाँ, जेठमा तीन करोड २४ लाख रुपैयाँ, असारमा एक कारेड ९२ लाख रुपैयाँ र चालू आर्थिक वर्षको साउनमा २० करोड ३० लाख रुपैयाँ र भदौमा चार करोड ७६ लाख रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले नेपालबाट लगेका हुन् ।
उनीहरूले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम राष्ट्र बैंकबाट गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखाङ्कन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्यांकन गरिएको राष्ट्र बैंकले जनाएको छ । विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू छन् । यता लगानी प्रतिबद्धता जनाउनेमा भने चीन, भारत, हङकङ, अमेरिका, बेलायतलगायतका दर्जनबढी मुलुक छन् ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीका अनुसार हरेक महिना करोड रुपैयाँदेखि दुई अर्ब रुपैयाँमाथिसम्म लाभांश लैजाने हुँदा एक आर्थिक वर्षमा अर्ब लाभांश देखिएको बताए । लभांश लगेको हेर्दा नेपालमा विदेशी लगानीकर्ताले राम्रो उद्योग तथा व्यवसाय सञ्चालन गरी सफल भएको भन्न सकिने निर्देशक धामीको भनाइ छ । विदेशी लगानीकर्तालाई कोभिडका कारण मुलुक ‘लकडाउन’को समयमा भने लाभांश लैजानबाट रोकिएको थियो भने त्यसअघि र पछिको समयमा भने निरन्तररुपमा लाभांश लगेका छन् । ‘लकडाउन’को अन्त्यपछि भने लाभांश लैजान खुला गरेको नेपाल सरकारले पछिल्लो समय सहजीकरण गर्दै आएको छ । अर्कोतर्फ सरकारी प्रतिवेदनअनुरुप उत्पादन, खानी र उत्खनन क्षेत्रबाट सबैभन्दा बढी लाभांश लैजाने गरेको छ भने त्यसपछि क्रमशः विद्युत्, ग्यास र पानी, निर्माण, यातायात भण्डारण र सञ्चार, वित्तीय क्षेत्र, होटल तथा रेस्टुरेन्ट र शिक्षालगायतका क्षेत्रबाट लाभांश लगेका हुन् । उत्पादन, खानी र उत्खनन क्षेत्रबाट मात्र २८ अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न आउनका लागि व्यावसायिक भिसा, डिपेन्डेन्ट भिसा प्रदान गर्नुका साथै नेपालमा रहेका आफ्ना प्रतिनिधिहरूमार्फत लाभांश लैजाने तथा लगानी ल्याउने काम गर्छन् ।
त्यस्तै, पछिल्लो आर्थिक वर्षहरूलाई हेर्दा नेपालबाट लगानीको प्रतिफलस्वरूप लाभांश लैजाने क्रममा २० प्रतिशतले वृद्धि भएको छ । प्रत्यक्ष विदेशी लगानीमार्फत लगानी गरी लाभांश लैजाने क्रममा विदेशी लगानीकर्ताहरूले आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा २० प्रतिशत अर्थात् दुई अर्ब ७८ करोड रुपैयाँ बढी लाभांश लगेका छन् । नेपालमा लगानी गरिसकेपछि लगानी अर्थात् नाफा लैजान सहज भएकै कारण विदेशी लगानीकर्ताहरूले लाभांश लैजाने गरेको विभागले जनाएको छ । विदेशी लगानीकर्ताहरूले लगानी ल्याउने तथा लाभांश लैजानेको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सहजीकरण गरेको छ । उक्त ऐनअनुरूप विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिसकेपछि आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिकरूपमा बिक्री गरी कर चुक्ता गरी आफ्नो लगानी तथा मुनाफा लैजान सक्नेछन् । उनीहरूले लगानी गरेको सोही विदेशी मुद्रा वा अन्य परिवत्र्य विदेशी मुद्रमा कर चुक्ता गरी राष्ट्र बैंकको स्वीकृति लिई लाभांश लैजान सक्नेछन् ।
भारतबाट भित्रियो सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी
नेपालमा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी भारतबाट आएको देखिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको अध्यनले २०७९ असार मसान्न्तसम्म भारतबाट ८८ अर्ब ५९ करोड २६ लाख रुपैयाँ प्रत्यक्ष लगानी आएको देखाएको छ ।
भारतपछि चीनबाट धेरै प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । सो अवधिसम्म चीनबाट ३३ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ बराबरको लगानी भित्रिएको छ । चीनपछि आयरल्यान्डबाट २० अर्ब ८९ करोड ६७ लाख रुपैयाँ बराबरको लगानी भित्रिएको छ । त्यसपचि सिंगापुरबाट १६ अर्ब सात करोड ४० लाख, सेन्ट किट्स एन्ड डेभिसबाट १५ अर्ब नौ करोड १५ लाख, अस्ट्रेलियाबाट १३ अर्ब १५ करोड ५० लाख, दक्षिण कोरियाबाट १२ अर्ब ७७ करोड २० लाख, संयुक्त अरब इमिरेट्सबाट १० अर्ब ६४ करोड ६७ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । प्रतिवेदन अनुसार नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । २०७९ असार मसान्तसम्म दुई खर्ब ६४ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको देखिन्छ ।
भारतबाट सबैभन्दा धेरै लगानी विद्युत, ग्यास, उत्पादन, बैंक तथा बीमा लगायतकाक क्षेत्रमा लगानी आएको देखिन्छ । चीनबाट पनि विद्युत, ग्यास, उत्पादन, सूचना प्रविधि लगायतकाक क्षेत्रमा लगानी आएको छ ।
प्रतिवेदनले प्रत्यक्ष वैदेशिक लगानी १६ प्रतिशतले बढेको देखाएको छ । जसमा चुक्ता पुँजी ५३ दशमलव सात प्रतिशत र रिजर्भमा ३१ दशमलव सात प्रतिशत र ऋणमा १४ दशमलव छ प्रतिशत रहेको छ ।
प्रतिवेदन अनुसार औद्योगिक क्षेत्रमा ६२ दशमलव छ प्रतिशत लगानी आएको छ । जसमध्ये विद्युत, ग्यास लगायतमा ३२ दशमलव आड प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशमलव पाँच प्रतिशत लगानी भएको छ । सेवा क्षेत्रमा ३७ दशमलव तीन प्रतिशत लगानी भित्रिएको छ । जसमध्ये वित्तीय तथा बीमा क्षेत्रमा २५ दशमलव छ प्रतिशत, होटल तथा फुडमा पाँच दशमलव तीन प्रतिशत, सूचना प्रविधिमा चार दशमलव आठ प्रतिशत लगानी आएकोे देखिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया