सगरमाथा क्षेत्र पुग्ने पर्यटकको संख्यामा वृद्धि
सोलुखुम्बु । सगरमाथा क्षेत्र पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्कअनुसार सिजन सुरु भएसँगै पर्यटकको संख्यामा पनि वृद्धि भएको हो । साउनमा दुई सय आठ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए भने भदौमा एक हजार तीन सय २५ जनाले भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिए ।
भदौमा एक हजार एक सय ५४ जना विदेशी र एक सय ७० जना नेपाली यस क्षेत्रमा प्रवेश गरेका छन् । उनीहरूबाट ३२ लाख ६८ हजार तीन सय ८७ रुपैयाँ राजस्व संकलन भएको छ । निकुञ्जले नेपालीले प्रवेश शुल्कबापत एक सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकलाई एक हजार पाँच सय र अन्य विदेशी पर्यटकलाई तीन हजार रुपैयाँ प्रतिव्यक्ति राजस्व संकलन गर्ने गरेको छ । खुम्बुमा चैत्र, वैशाख र जेठ एक सिजन असोज, कार्तिक र मंसिरलाई अर्को सिजन गरी दुई मुख्य पर्यटकीय सिजन मानिन्छ । अहिले सिजन सुरु भएसँगै खुम्बुमा पर्यटक संख्या उत्साहजनकरूपमा वृद्धि भइरहेको छ । निकुञ्जमा सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुरा रहेका छन् ।
सोलुखुम्बुको लुक्लामा मन्थलीबाट उडान सुरु
सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा रामेछापको मन्थलीबाट उडान सुरु भएको छ । पर्यटकीय सिजन सुरु भएसँगै आइतबारदेखि मन्थली–लुक्ला उडान सुरु भएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । तारा, समिट र सीता एयरले विदेशी पर्यटकहरूका लागि मन्थली–लुक्ला उडान भर्न थालेका छन् । ट्राभल कम्पनीहरूले विदेशी पर्यटकलाई मन्थली विमानस्थलसम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि भने विभानबाट पठाउने गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया