गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
बारा,४४ औं विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंबाट यात्रा थालेको करीब ५० जना राइडरलाई पर्सा राष्ट्रिय निकुञ्जमा स्वागत गरिएको छ । बुधबार बिहान ८ बजे नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीबाट फ्यालग अफ गरेर सुरुवात भएको बाइक टुर पर्सा राष्ट्रिय निकुञ्जमा अपरान्ह ४ बजे पुगेको हो ।
दिउँसो १ बजे मकावनपुरगढी आइपुगेको राइडरहरुलाई मकावनपुरगढी वडा नं २ का वडा अध्यक्ष बखानसिंह पाख्रिनले स्वागत गरेका थिए । मकावनपुरगढीका स्थानिय सरोकाहरुरसँग अन्तर्रक्रिया गर्दै राइडरहरु हेंटौडा हुँदै बारा ९पर्सा राष्ट्रिय निकुञ्ज० तर्फ निस्किएका थिए । पर्सा राष्ट्रिय निकुञ्जको जङ्गल सफारीसँगै राइडर स्वागत कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, नाटा मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा, सबुज गणका प्रमुख सेनानी गणेशमान पन्त, होटल सघं बाराका अर्जुन लम्साल लगाएत स्थानिय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
करीब १००० किमि यात्रा र १५ वटा जिल्लाको पर्यटन प्रबर्द्धन सँगै स्थानिय तहमा भइराखेको पर्यटकिय गतिबिधिलाई नजिकबाट ध्ययेका साथ टुर सुरु गरिएको हो । कलाकार तथा मोडल सनम कठाएत, गायक डेभिड शंकर र मोडल कुशुम शर्मा समेत सहभागी टुरमा विभिन्न रमाइला कार्यक्रमहरु समेत समावेश गरिएको छ । राइडरहरुको टोली आज चितवनमा बास बस्दै, लुम्बिनी, बुटवल, पाल्पा, पोखरा हुँदै १५ गते काठमाडौं फर्किने छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया