लामाबगरको फलाक नाकाबाट अवैध सुन बरामद, पाँच जना पक्राउ
काठमाडौं । उत्तरी छिमेकी देश चीनबाट अवैधरूपमा ल्याइएको सुन दोलखास्थित लामाबगरको फलाक नाकाबाट बरामद गरिएको छ । नेपाल भित्र्याइएको चार किलो सुन दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, प्रहरीले अवैध सुन ओसारपसारमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले बिहीबार पत्रकार सम्मेलन गरी बरामद सुन र सुन ओसापसारमा संलग्न व्यक्तिलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा बिगु गाउँपालिका–१ लामाबगरका ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र उनकी श्रीमती ३० वर्षीया सुनमाला तामाङ, २८ वर्षीय केशर तामाङ, १८ वर्षीय पेम्बा तामाङ र २० वर्षीय माधव मगर रहेका छन् । प्रहरीले नुर्वु छिरिङ र सुनमालालाई बिहीबार दिउँसो दोलखाको सदरमुकाम चरिकोटबाट र अन्य तीन जनालाई बुधबार राति उत्तरी क्षेत्र सिँगटीबाट नियन्त्रणमा लिएको हो ।
चीनबाट अवैधरूपमा ल्याएको सुन लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले सिँगटीको जामुनेस्थित एक होटलमा बुधबार राति छापा मारेको थियो । छापा मार्नेक्रममा प्रहरीले होटलबाट केशरलाई चार किलो सुनसहित पक्राउ गरेको दोलखाका प्रहरी प्रमुख दिपक खड्काले जानकारी दिए । यस्तै, पक्राउ परेका केशरसँग सोधपुछ गर्ने क्रममा पेम्बा तामाङ र माधव मगरको पनि संलग्नता रहेको पाइएकाले उनीहरूलाई पनि बुधबार राति नै सोही ठाउँबाट पक्राउ गरेको खड्काले बताए । अनुसन्धानको क्रममा उनीहरूले सो सुन नुर्वु छिरिङ र सुनमालालाई ल्याइदिएको खुलेको थियो ।
प्रहरीका अनुसार चिनियाँ नागरिकले नुर्वु छिरिङलाई सुन पठाएको पाइएको छ । सोही आधारमा प्रहरीले उनीहरूलाई पनि बिहीबार पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो । बरामद भएको सुनको बजार मूल्य तीन करोड ७७ लाख ४७ हजार आठ सय रुपैयाँ हुने प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ट्याग : #Page 8
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया