Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश १ मा आठ हजार जनाको आरडीटीबाट कोरोना परीक्षण

प्रदेश १ मा आठ हजार जनाको आरडीटीबाट कोरोना परीक्षण


विराटनगर, वैशाख २५
प्रदेश १ मा द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने परीक्षणबाट बुधबारसम्म जम्मा आठ हजार दुई सय ९१ जनामा नमुना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएका मध्ये आरडीटीतर्फ छ हजार पाँच सय ५९ जनाको नमुना परीक्षण भएको छ । पीसीआरबाट एक हजार सात सय ३२ जनाको नमुना परीक्षणको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार छ सय ९५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बुधबारसम्म कुल एक हजार ६ सय ५१ छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४२ जना छन् । ६ जना डिस्चार्ज भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया