काठमाडौं, सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर छ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर दुई सय १५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर आठ रुपैयाँ बढाइएको निगमले जनाएको छ । बढेको मूल्य आइतबार बिहान एक बजेपछि लागू भएको छ ।
यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार एक सय १० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ)मा प्रतिलिटिर एक सय ८२ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग (सुर्खेत र दाङ)मा एक सय ८४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा एक सय ८५ रुपैयाँ पुगेको छ ।
त्यसैगरी डिजेलको मूल्य पहिलो वर्गमा एक सय ७६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ७८ रुपैयाँ र तेस्रो वर्गमा एक ७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर एक सय ४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य एक दशमलव ०९५ अमेरिकी डलर कायम भएको छ ।v
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया