दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
दोलखा,छिमेकी देश चीन संग सिमा जोडिएको हिमाली जिल्ला दोलखामा एक साता नबित्दै तेस्रोपटक अबैध ४ किलो सुन फेरि भेटिएको छ ।पटकपटक गरी ११ किलो अबैध सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ् । चीन संग सिमाना जोडिएको जिल्लाको उत्तरी पालिका विगु १ लामाबगरबाट थप ४ केजी सुन बरामद भएको प्रहरीले जनाएको छ।
दोलखाको लामाबगर नाका हुँदै भित्रिएको सात किलो सुन र त्यसमा संलग्न व्यक्तिहरु पक्राउ गरी सार्वजनिक गरेको एक साता नबित्दै आइतबार प्रहरीले थप ४ किलो सुन बरामद गरेको हो ।
फरार रहेका अन्दाजी २७ बर्षिय अशोक मगरको घर नजिकै रहेको ढुङ्गामाथि झारले छोपेर राखेको अवस्थामा थप ४ केजी सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका ७ जना पक्राउ परेका छन भने, अहिलेसम्म सुरक्षा टोलिले ११ केजी सुन बरामद गरेको छ ।
आइतबार भेटिएको थप ४ किलो सुन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म ९बिओपी लामाबर०को संयुक्त टोली बरामद गरेको हो । लामाबगर क्षेत्रमा प्रहरीले अझै लुकाएर राखेको अबैध सुन हुनसक्ने भन्दै पक्राउ परेका ७ जनालाई अनुसन्धान जारी राखेको छ भने,सुन बरामद गरिएको क्षेत्रमा सुरक्षा अनुगमनलाई बढाएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया