Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथप दुई संक्रमितसहित १०१ पुगे

थप दुई संक्रमितसहित १०१ पुगे


काठमाडौं, वैशाख २६
कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बिहीबार दुईजनामा कोरोना संक्रमण भएको फेला परेको हो । राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तुका १६ वर्षीय र २२ वर्षीय दुई पुरुषमा संक्रमण देखिएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ । बुधबार वीरगञ्जमा एकै दिन १७ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ ।

सरकारले कोरोना भाइरसका सङ्क्रमित सङ्ख्याको आधारमा हटस्पटका रुपमा देखिएका उदयपुर, नेपालगञ्ज र वीरगञ्जमा थप नमूना सङ्कलनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली परिचालन गरेको छ । कोरोनाको हटस्पटको रुपमा देखिएका क्षेत्र उदयपुरमा कम्तीमा ५००, वीरगञ्ज र नेपालगञ्ज कम्तीमा एक/एक हजार जनाको नमूना सङ्कलन गर्ने गरी टोली खटाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

सरकारले हालसम्म १४ हजार ५०९ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ । ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट ५४ हजार ९३ नमूना परीक्षण गरेको छ । गत २४ घण्टामा थप एक हजार ४ सय ५१ वटा परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १७ हजार ३ सय ७२ रहेको छ ।

अहिलेसम्म आइसोलेसनमा १ सय ३३ जना रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा तीन छन् भने उपत्यकाबाहिर १३० जना रहेका छन् । स्वमूल्याङ्नका लागि फारम भर्नेको सङ्ख्या ३३ हजार ५ सय २२ पुगेको छ । जसमा रेड जोनमा हालसम्म ३३५ जना रहेका छन् । हालसम्म कुल ९९ जना कोभिड–१९ बाट सङ्क्रमित रहेका छन् । जसमा ७१ पुरुष र २८ जना महिला रहेका छन् । सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया