Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसीमाक्षेत्रमा सशस्त्र प्रहरीको ‘हेल्प र हेल्थ डेस्क’

सीमाक्षेत्रमा सशस्त्र प्रहरीको ‘हेल्प र हेल्थ डेस्क’


काठमाडौं । चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले सीमाक्षेत्रमा ‘हेल्प र हेल्थ डेस्क’ स्थापना गरेको छ । सशस्त्र प्रहरीले देशका विभिन्न एक सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेको जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार भारततर्फको सीमावर्ती इलाकामा एक सय २० स्थानमा र चीनतर्फ दुई स्थानमा सहायता कक्ष राखिएको छ भने स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र चीनतर्फ तीन स्थानमा राखिएको छ । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउन तथा आपत्विपत्मा परेका नागरिकको उद्वारकार्यमा सहयोग पु-याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चाडपर्वलक्षित सहायता कक्ष नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत २५, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत ५३, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत २, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत २, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत १९, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत १ र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत २० स्थानमा राखिएको छ । यस्तै स्वास्थ्य कक्ष नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत ४, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत २२, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत ३, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत ३, र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत १ स्थानमा राखिएको छ ।

आवश्यक देखिए अन्य स्थानहरुमा समेत सहायता कक्ष र स्वास्थ्य सेवा कक्षहरु स्थापना गरी सेवा प्रदान गरिने उनले बताए । चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरुको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरु हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको छ भने सीमा नाकाबाट आवतजावत गर्ने क्रममा कुनै पनि नागरिकमा स्वास्थ्य समस्या देखिएमा हेल्थ डेस्कमा उपलब्ध श्रोतसाधनको प्रयोग गरी स्वास्थयकर्मीहरुद्वारा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया