नेपाललाई दिने ऋण सहायतालाई सहुलियतपूर्ण बनाउन आग्रह
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता बढी सहुलियतपूर्ण बनाउन आग्रह गरेका छन् । मोरक्कोमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा अर्थमन्त्री महतले उक्त आग्रह गरेका हुन् ।
अर्थमन्त्री तथा विश्व बैंक समूहका गभर्नर डा. महतले हामी बसोबास गरिरहेको धर्तीलाई बस्नयोग्य बनाउनुपर्ने विश्व बैंकको थिमलाई समर्थन जनाउँदै जलवायु परिवर्तनको गैरअनुपातिक असर परेको नेपालजस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण नभएमा आर्थिक अवस्था झनै खस्कने भन्दै उक्त आग्रह गरेका हुन् । सानो अर्थतन्त्र भएका मुलुकका क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विश्व बैंक समूहका कार्यकारी निर्देशकहरू विम्पी सपुत्रा र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशक याती कुर्निआतीले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । ती प्रस्तुतिहरूमा प्रतिक्रिया दिँदै नेपालका अर्थमन्त्री महतले साना अर्थतन्त्र भएका नेपालजस्ता देशका विषयमा गम्भीर भएर सोच्च आग्रह गरेका थिए ।
खासगरी विश्व बैंकले तयार गरेको ‘प्लेबुक’मा सहुलियत दर बढाउँदै जाने कुराको प्रतिबद्धता ठोसरूपमा प्रतिविम्बित हुनुपर्नेमा अर्थमन्त्री महतको जोड थियो । डा. महतले निजी क्षेत्रसँग सम्बन्धित उपकरणहरू समेत साना अर्थतन्त्र भएका मुलुकको पहुँचमा पु-याउने र ब्यालेन्सिट अप्टिमाइजेसनमार्फत बैंकको आयको महत्वपूर्ण हिस्सा विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानी गर्ने संरचनाको रूपमा चिनिने ‘आईडीए’मा समावेश गरेर जान सकेमा कम आय भएका देशमा सहुलियत दर बढाउनुपर्ने चासोको सम्बोधन हुनसक्ने विचार व्यक्त गरेका थिए ।
त्यसैगरी अन्तर्राष्ट्रिय मुद्राकोषको प्रस्तुतिमा प्रतिक्रिया दिँदै अर्थमन्त्री डा. महतले कोषको वित्तीय सुविधाहरु परम्परागत कोटाको आधारमा वितरण गर्ने विद्यमान अभ्यासका कारण कम प्रतिनिधित्व भएका मलुकको आवश्यकता प्रतिविम्बित हुन नसकेकोले जारी कोटा पुनरावोलकन प्रक्रियामा पुनर्विचार हुनुपर्ने विचार समेत राखेका थिए । अर्थमन्त्री डा. महतले राखेको विचारको सराहना गर्दै कार्यकारी निर्देशकले सहुलियतपूर्ण ऋणको अंश बढाउनेतर्फ काम सुरु भइसकेको र यसलाई यथाशीघ्र सम्पन्न गरिने जवाफ दिएको अर्थमन्त्रीको सचिवालयले जारी गरेको प्रेसनोटमा जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- बसपार्क निर्माणको काम सीमा विवादका कारण अवरुद्ध
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया