भीम रावलद्वारा भारतीय प्रधानमन्त्री मोदीको नेपाल प्रवेशप्रति आपत्ति
काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री डा. भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जानकारी नगराइ नेपाली भूभागमा प्रवेश गर्न लागेकोमा कडा आपत्ति जनाएका छन् ।
बिहीबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हेलिकोप्टरदवारा कालापानी क्षेत्र भ्रमणमा आएका हुन् । मोदीले नेपालको सिमाना भित्र रहेको गुञ्जिका सात गाउँमा स्थानीय बासिन्दासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायतका भूभाग पनि समेटिएको छ । उनले भ्रमण गर्ने क्रममा नेपाल–भारत सिमानाको पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ । तर भारतले पिथौरागढ र गुन्जी क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।
उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने पनि कार्यक्रम रहेको छ । उनले भ्रमण गर्ने क्षेत्र नेपाल–भारत सिमानामा पर्दछन् । तर भारतले सो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।
मोदीको भ्रमणबारे भारतीय पक्षबाट औपचारिक पत्र प्राप्त नभएकाले धेरै जानकारी न भएता पनि अनौपचारिक रुपमा सूचना लिएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । उनले भारतीय पक्षले नेपाललाई मोदीको भ्रमणबारे जानकारी समेत नगराएको बताइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया