नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोबाट हटाउन अर्थमन्त्रीको आग्रह
मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली संघ (ईयू)सँग नेपालको हवाई क्षेत्रलाई सुरक्षा चासो (कालोसूची)बाट हटाउन आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा मोरक्कोको मारकेसमा रहेका अर्थमन्त्री महतले ईयूकी कमिस्नर जुट्टा उर्पियालिनेनलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
इयूले सन् २०१३ देखि नेपालको वायु सेवामा चासो राखेको छ । नेपाली वायुसेवा कम्पनीलाई युरोपको आकाशमा उडान गर्न नपाउने गरी कालोसूचीमा राखेको छ । गतवर्ष ईयूको सुरक्षा कमिटीले नेपाली वायु सेवा कम्पनी र हवाई सुरक्षाको विषयमा स्थलगत अध्ययन गरेको थियो । ईयू कमिस्नर उर्पियालिनेनले नेपालमा रहेको दूतावासबाट काम भइरहेकाले छलफल गर्ने जवाफ दिइन् । यस्तै अर्थमन्त्री डा. महतले कोरियन कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षीय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानीको राम्रो अवसर रहेको बताएका हुन् ।
‘नेपालमा लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सी, भारतीय कम्पनी आईटीसी इन्डिया मात्रै होइन मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाइरहेका छन्’, मन्त्री महतले कोरियन उपप्रधानमन्त्रीलाई भने, ‘हामीले चालू आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौँ, आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने सोच छ । कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौंँ ।’
नेपाल सरकारले इज अफ डुइङ विजनेसमा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले बताए । ‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको छ’, महतले भने, ‘जलविद्युत् उत्पादन, प्रशारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटनलगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्नसक्ने अवसर छ ।’ नेपाली कामदारलाई कोरिया लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धिमा पनि सहयोग गर्न आग्रह गरे ।
अर्थमन्त्री डा. महतले कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न आग्रह गरे । कोरियन उपप्रधानमन्त्री चु क्यूङले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताए । उनले कोरियन लगानीमा दोहारो करसम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गरे । जवाफमा मन्त्री महतले दोहोरो करसम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया