Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइजरायलमा रहेका अन्य नेपालीलाई पनि छिट्टै नेपाल ल्याउँछौं : परराष्ट्रमन्त्री

इजरायलमा रहेका अन्य नेपालीलाई पनि छिट्टै नेपाल ल्याउँछौं : परराष्ट्रमन्त्री


काठमाडौं । इजरायलबाट नेपालीको उद्धारपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलबाट नेपाल फर्कन चाहेका ५०३ जनामध्ये २५४ जनालाई ल्याइएको बताएका छन् । उनले सञ्चारकर्मीसँग अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।

मन्त्री साउदले इजरायलमा चारजना नेपाली घाइते भएकोमा एकजना उपचारपछि आजै स्वदेश फर्किएको बताए । इजराइल आक्रमणमा परी सम्पर्कविहीन भएका विपीन जोशीको खोजी निरन्तर जारी रहेको बताउँदै साउदले यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया