Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछ वर्षीय बालकको डेङ्गुबाट मृत्यु

छ वर्षीय बालकको डेङ्गुबाट मृत्यु


दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको शुक्रबार डेङ्गु सङ्क्रमणबाट गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको बताए । उनको निधनमा उनी पढ्ने विद्यालयले शुक्रबार शोक बिदा दिएको छ ।

डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया