विवादास्पद घोराही सिमेन्ट आईपीओभन्दा पनि कम मूल्यमा कारोबार
विवादास्पद घोराही सिमेन्ट आईपीओभन्दा पनि कम मूल्यमा कारोबार हुन थालेपछि सर्वसाधारणले ठगिएको महसुस गर्न थालेका छन् । सर्वसाधारणको २ अर्ब रुपैयाँ डुब्ने जोखिम भएको छ । स्वार्थ समूहको सेटिङमा कम्पनीको प्रिमियम शुल्कमा अधिक मूल्य राखेर जारी गरेको घोराही सिमेन्टको धितोपत्र बजारमा कारोबारमा आएसँग मूल्य घट्दै गएको छ ।
प्रिमियम मूल्यमा सर्वसाधारणलाई जारी गर्दा नै लुप होल प्रयोग गरी धितोपत्र बोर्डसम्मलाई छक्याउन सफल भएको घोराहीको मूल्य बिहीबार ४ सय ३० रुपैयाँसम्ममा झरेको थियो । ४ सय ३५ मूल्यमा आईपीओ जारी भएको घोराहीको मूल्य बिहीबार बजार बन्द हुँदासम्ममा ४ सय ३४ मा आएको छ । ४ सय ३९ रुपैयाँमा बिहान कारोबार भएको घोराहीको मूल्य ४ सय ३० सम्म घट्दै कारोबार बन्द हुँदासम्ममा ४ सय ३४ मा आएको हो ।
बिहीबार कम्पनीको सेयर मूल्य शून्य दशमलव ९६ प्रतिशत अर्थात् ४ दशमलव २० रुपैयाँ घटेको छ । बिहीबार दिनभरिमा कम्पनीको ४४ हजार १ सय ४८ कित्ता सेयर १ हजार १ सय ९१ पटक खरिद बिक्री हुँदा १ करोड ९२ लाख ६५ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
साधारण सेयरको बिक्रीकार्यमा बदनियतपूर्ण काम गरेको भन्दै अनुसन्धानको घेरामा परेको घोराही सिमेन्टले फर्जी ट्रान्सपोर्ट कम्पनीमार्फत ठूलो परिमाणमा भारतमा रकम पठाउने गरेको पुष्टि भएको थियो। घोराही सिमेन्टले फर्जी ट्रान्सपोर्ट कम्पनी आशिस ट्रान्सपोर्ट कर्पोरेसनमार्फत भारतमा रकम पठाउने गरेको विभिन्न समयमा काटिएको नक्कली बिलमार्फत पुष्टि भएको थियो। कम्पनीले सन् २०१२ मा तीन पटकमा झण्डै एक करोड रुपैयाँ नक्कली ट्रान्सपोर्ट कम्पनीमार्फत भारत पठाएको भेटिएको थियो ।
आर्थिक दैनिकलाई प्राप्त भएको केही बिलमा उल्लेख भएअनुसार कम्पनीले सन् २०१२ मा पहिलो पटक ४३ लाख ८१ हजार पाँच सय २३ रुपैयाँ, दोस्रो पटक ३८ लाख सात हजार चार सय ५० रुपैयाँ र तेस्रो पटक २३ लाख ५८ हजार पाँच सय १० रुपैयाँ आशिस ट्रान्सपोर्टमार्फत भारत पठाएको देखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया