Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनलाइनमार्फत इजराइलबाट घर फर्किन चाहने नेपालीको विवरण प्राप्त

अनलाइनमार्फत इजराइलबाट घर फर्किन चाहने नेपालीको विवरण प्राप्त

सम्पर्कविहीन विपिनको खोजी कार्य जारी


काठमाडौं । तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० जना नेपालीले इजरायलबाट फर्किन निवेदन दिएको जानकारी गराएको छ ।

इजरायल(प्यालेस्टाइन युद्ध सुरु भएसँगै अनलाइनमार्फत घर फर्किन चाहने नेपालीहरूका लागि दूतावासले मागेको निवेदन अनुसार अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ । दूतावासको भनाइ अनुसार निवेदन दिएका सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको छ । नेपाली विद्यार्थीलाई उद्धार गरी शुक्रबार बिहान पहिलो चरणमा १५४ जना नेपाली ल्याइएको छ ।

इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन भएका छन् ।

हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपालीे विद्यार्थीले ज्यान गुमाएका छन भने एक जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको खोजी कार्य भइरहेको दुतावासले जानकारी गराएको छ ।

सो आक्रमणमापरी चार जना घाइते भएकामध्ये एक जना नेपाल फर्किसकेका छन् भने बाँकी तीन जनाको इजरायलमै उपचार भैरहेको बताइएको छ । दूतावासले घाइतेमध्ये एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार भइरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया