Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशान्ति समाजका अधिकारीकर्मीद्वारा सिंहदरबारमा प्रदर्शन

शान्ति समाजका अधिकारीकर्मीद्वारा सिंहदरबारमा प्रदर्शन


काठमाडौं । पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने माग राखेर सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी लगायतका अधिकारीकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले १६ जना अधिकारकर्मीलाई पक्राउ गरेको समाजले जनाएको छ । समाजका संस्थापक कृष्ण पहाडी सहितका अधिकारकर्मी प्रदर्शनमा सहभागी थिए ।

उनीहरुले फागुन १ गते बिदा दिने निर्णय खारेज हुनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संशोधन विधेयक मानवअधिकारमैत्री बनाउनुपर्ने र कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नुपर्ने माग राखेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया