वैदेशिक रोजगारीमा वार्षिक सात सय बढीको मृत्यु
काठमाडौं । देशमा पर्याप्त रोजगारी नहुँदा पारिवारिक गर्जो टार्न विदेश जानेको संख्या वर्षेनी बढ्दै गएको छ भने मृत्यु हुनेको संख्या पनि अस्वाभाविकरूपमा बढिरहेको छ । यसले नेपालीको वैदेशिक रोजगारीले आम्दानीभन्दा पनि पीडा थप्दै गएको छ ।
पछिल्लो समयमा गतसाता इजरायलमा प्यालेस्टिाइनी हमास विद्रोहीको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु प-यो । एक जना अझै बेपत्ता छन् । यसले नेपालीको वैदेशिक रोजगारीको बारेमा सबैलाई सोच्न बाध्य पारेको छ ।
इजरायलमा कृषि अध्ययन र रोजगारीको लागि नेपालीहरू जानेगरेका छन् । बाध्यात्मक रोजगारी र आकर्षक गन्तव्य मुलुक भएकाले पनि नेपालीहरू काम गर्दै अध्ययन गर्नका लागि विश्वविद्यालयबाटै इजरायल जानेगरेका छन् । तर, प्यालेस्टाइनी विद्रोही समूहले गाजा क्षेत्रमा एक्कासि आक्रमण गरेपछि उक्त दुःखद घटना भएको हो ।
त्यसो त वैदेशिक रोजगारीको क्रममा दुर्घटना, स्वास्थ्य समस्या, बाढी, पहिरो र भूकम्पलगायतका कारणबाट पनि नेपालीहरूको मृत्यु हुनेगरेको छ । पछिल्लो १४ वर्षमा १० हजारभन्दा बढी नेपालीले विदेशमा श्रम गर्न गएको बेला ज्यान गुमाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको प्रतिवेदनअनुसार सन् २००८/०९ देखि २०२१/२२ सम्म १० हजार छ सय ६६ जना नेपालीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् । यसमध्ये १० हजार चार सय ११ जना पुरुष र दुई सय ५५ जना महिला छन् ।
वैदेशिक रोजगारीको क्रममा हुने मृत्युदर घटाउन सरकारले कुनै पहल गरेको भने देखिँदैन । खासगरी जोखिम मोलेर गर्नुपर्ने कामका लागि समेत युवाहरू विदेश पुग्दा धेरैको मृत्यु भएको देखिन्छ । विदेशमा ज्यान गुमाउनेहरूमा कार्यस्थलमा हुने दुर्घटना, सडक दुर्घटना, महामारी, आत्महत्या, हृदयघातलगायतका कारण छन् ।
प्रतिवेदनअनुसार १० वर्षमा कार्डिक एरेसट (हृदयघात)बाट एक हजार चार सय ७४ जना र हर्ट याट्क्क (हृदयघात)बाट सात सय ३३ जनाको मृत्यु भएको छ । यस्तै प्राकृतिक कारणबाट दुई हजार ७७ जना, सडक दुर्घटनाबाट एक हजार तीन सय ५९ जना, आत्महत्याबाट एक हजार एक सय ८७ जना, कार्यस्थल दुर्घटनाबाट सात सय ५४ जना, कोभिड महामारीबाट दुई सय सात जना र अन्य कारणबाट दुई हजार आठ सय ७५ जना नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् ।
अहिले वैदेशिक रोजगारीको क्रममा श्रमिमको मृत्युदर समेत बढ्दै गएको देखिन्छ । वैदेशिक रोजगारीमा नेपाली श्रमिकको मृत्यु हुनमा रोजगारदाताबाट हुने विभेद र गैरकानुनी कार्य रहेको पाइएको छ । नेपाली श्रमिकले न्यूनतम सेवासुविधामा अत्यधिक काम र असुरक्षित कार्यस्थलमा काम गर्नुपर्ने जोखिम बढी छ ।
एम्नेस्टी इन्टरनेसनलेको प्रतिवेदनले खाडीका केही मुलुकहरूले नेपाली श्रमिकको मृत्युलाई रोक्न सकिने भए पनि सरकारले कुनै पहल नगरेको उल्लेख गरेको छ । एम्नेस्टीको प्रतिवेदनले खाडी मुलुक कतारमा कार्यरत दुई सय जना नेपाली कामदारको मृत्युलाई रोक्न सकिने देखिएको उल्लेख गरेको छ । मलेसिया र खाडी मुलुक आप्रवासी कामदारको लागि जोखिम मुलुक मानिन्छन् । ती मुलुकमा कार्यस्थल सुरक्षित तथा व्यवस्थित नहुँदा समेत नेपालीहरूले ज्यान गुमाउनुपरेको छ ।
आप्रवासी श्रमिकहरूलाई लिएर अपर्याप्त कानुन र भएका कानुन पनि कार्यान्वयन नहुँदा उनीहरू समस्यामा पर्नेगरेको एम्नेस्टीले उल्लेख गरेको छ । नेपाली श्रमिकको गन्तव्य मुलुकको रूपमा रहेका मेलसिया र खाडीका मुलुकहरू सुरक्षित नहुँदा धेरै नेपाली श्रमिकहरूले ज्यान गुमाउनुपरेको छ । अर्कोतर्फ रोजगारदाताको बेवास्ता तथा असवाधानी र श्रमिकको कमजोरीले पनि वैदेशिक रोजगारीको क्रममा धेरैको ज्यान गुमेको पाइन्छ । सडक दुर्घटना आदिबाट हुने दुर्घटनालाई पनि कम गर्न सकिन्छ । मन्त्रालयले वैदेशिक रोजगारीमा हुने मृत्युमध्ये आत्महत्या पनि प्रमुख कारण मान्दै आएको छ । यसमा पनि आवश्यक परामर्श दिई कमी ल्याउन सकिन्छ ।
हरेक वर्ष विदेशमा ज्यान गुमाउने नेपाली श्रमिकको संख्या बढ्दै गएको छ । सन् २००८/०९ मा ९० जना र सन् २००९/१० मा चार सय १८ जना श्रमिकले ज्यान गुमाएको देखिन्छ । सन १३/१४ वर्षको अन्तरालमा सो मृत्युदर शतप्रतिशतभन्दा बढी पुगेको छ । सन् २०१९/२० मा छ सय ५८ जना, सन् २०२०/२१ मा एक हजार एक सय ४६ जना र सन् २०२१/२२ मा एक हजार तीन सय ९५ जना श्रमिकले विदेशमा ज्यान गुमाएका छन् ।
सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, सहज बनाउँदै लैजानुपर्नेमा त्यसो गर्न सकेको छैन । एक हिसाबमा सरकार वैदेशिक रोजगारीको मृत्युदरमा कमी ल्याउन असफल भएको छ । अर्कोतर्फ वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणको लगानी गरी मृत्युदरमा कमी ल्याउनसक्ने सरोकारवालाहरू बताउँछन् । उनीहरू रोजगारदाता तथा श्रम गन्तव्य मुलुकलाई श्रमिकको पूर्ण सुरक्षा निश्चितता लिनुपर्ने, सहज, सुरक्षित कार्यस्थल, मर्यादित श्रम, उचित पारिश्रमिक, उचित स्वास्थ्य सेवालगायतका सुविधाको सुनिश्चिततापश्चात् मात्र नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने त था विप्रेषणको लगानीमार्फत विदेश जाँदा श्रमिकलाई आवश्यक पर्ने भाषा, सीप, कानुनी ज्ञान आदिको बारेमा उनीहरूलाई जानकार बनाउनुपर्ने बताउँछन् । यदि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई आवश्यक लगानी गरेमा मृत्युदर कम हुँदै जान सक्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया