काठमाडौं । आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रीको पहिलो दिन (घटस्थापना) काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ ।
घटस्थापनको पहिलो दिन दसैंको अवसरमा घरघरमा जमरा राख्ने चलन छ । घटस्थापनको दिन बिहानै नजिकको नदी वा पवित्र स्थलबाट बालुवा ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजा कोठामा जमरा राख्ने गरिन्छ । यस दिन दसैं घरमा विधिपूर्वक दियो, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्ति माता दुर्गाको आहृवान गरी पूजा गरिन्छ ।
नवरात्रीभर देबीको दस अवतारको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो व्रहृमचारिणी, तेस्रो चन्द्रघण्टा, चौथो कुष्माण्डा, पाँचौं स्कन्दमाता, छैटौं कात्यायनी, सातौं कालरात्री, आठौं महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजा आराधना गरेर दसौं दिन दुर्गा अवतार दुर्गा माताको पूजा गरी टिका जमराको प्रसाद लगाएर विजया दशमी मनाइन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया