Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमोरङका स्थानीय तहले वितरण गरेको राहत पनि विवादित

मोरङका स्थानीय तहले वितरण गरेको राहत पनि विवादित


विराटनगर, वैशाख २९
कोरोना भाइरस संक्रमण रोकथामका लागि मोरङ जिल्लाका विभिन्न १७ स्थानीय ७८ हजारलाई हातधुने साबुन वितरण गरेको छन् । मोरङ जिल्लामा रहेका स्थानीय निकायहरूमा विराटनगर महानगरपालिकाले २६ हजार दुई सय ६८ थान, रङ्गेली नगरपालिकाले १५ हजार पाँच सय चार, रतुवामाई नपाले तीन हजार नौ सय १७, पथरी शनिश्चरेले सात हजार आठ सय ९२, बुढीगङ्गा गापाले छ हजार तीन सय ८३, लेटाङ नपाले चार हजार दुई सय ८२, कटहरी गापाले चार हजार, उर्लाबारी नपाले दुई हजार दुई सय २८ र बेलवारी नगरपालिकाले चार सय १५ थान हात धुनका लागि राहतस्वरूप साबुन वितरण गरेका छन् ।

मोरङका स्थानीय तहले लक्षित वर्गलाई उपेक्षा गरी हुनेखाने वर्गलाई राहत वितरण गरेको आरोप लागिरहेको बेला जिल्ला प्रहरी कार्यालय मोरङले भने ८६ हजार आठ सय ८८ विपन्न परिवारलाई राहत वितरण गरेको रेकर्ड स्थानीय निकायले उपलब्ध गराएको जनाएको छ । साथै देशमा कोभिड १९ को प्रकोप सुरु भएदेखि अहिलेसम्म मोरङका स्थानीय तहले हालसम्म २९ लाख ८७ हजार छ सय ६७ केजी चामल र एक लाख ७७ हजार पाँच सय ८५ केजी दाल राहतबापत वितरण गरेको जानकारी पनि मोरङ प्रहरीले दिएको छ ।

साथै ८६ हजार एक सय ८८ केजी नुन र ५० हजार सात सय ३६ लिटर खानेतेलसहित एक हजार पाँच सय ३० लिटर दूध पनि राहत स्वरूप वितरण गरेको तथ्यांक स्थानीय निकायबाट प्राप्त भएको जानकारी मोरङ प्रहरीले दिएको छ । राहत वितरणमा मोरङमा रहेका १७ वटै स्थानीय निकायले आ–आफ्नो मापदण्ड बनाएर खाद्यान्न सामग्री वितरण गरेका कारण आफ्ना पक्षीयलाई र अर्को पक्षीयलाई भेदभाव गरेको आरोप लक्षित वर्गले लगाउन थालेपछि राहत वितरणमा समेत पक्षपात भएको आरोप स्थानीय निकायहरूलाई लाग्न थालेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया