नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबीच सम्झौता
काठमाडौँ । पर्वतीय पर्यटनको दिगो विकास, विस्तार र प्रवर्द्धनमा आपसी समझदारी र सहकार्यका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबीच सम्झौता भएको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा पर्वतीय पर्यटनका लागि जनशक्ति विकास, तालिम एवं प्रशिक्षण लगायतमा सहकार्यका लागि सम्झौता भएको हो ।
सङ्घले नियमित रुपमा सञ्चालन गर्दै आइरहेको आधारभूत पर्वतारोहण र उच्च पर्वतारोहण तालिम प्रतिष्ठानले नगर्ने विषयमा पनि सम्झौता भएको छ ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष उङदी छिरिङ र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले पाँचबुँदे आपसी समझदारीपत्रमा हस्ताक्षर गरे ।
दुवै पक्षको समन्वय एवम् साझेदारीमा तालिमलगायत कार्यक्रमहरु सञ्चालन गर्ने समझदारी भएको छ । यसैगरी, संयुक्त रुपमा सञ्चालन गरिने तालिम कार्यक्रममा लागत साझेदारी गर्ने र दुवै पक्षले प्रमाणीकरण गर्ने सहमति भएको छ ।
प्रतिष्ठानका अध्यक्ष दावा शेर्पाले सम्झौताले दुवै संस्थालाई बलियो बनाउँदै समग्र पर्वतीय पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । उनले भने, “एउटै उद्देश्यका लागि जन्मेका दुवै संस्थाले पर्वतीय पर्यटन क्षेत्रको विकासका लागि सहकार्य गर्नु अपरिहार्य छ ।”
सङघका अध्यक्ष नुरु शेर्पाले प्रतिष्ठानले सैद्धान्तिक र सङ्घले त्यसको प्रयोगात्मक अभ्यासमा दोहोरोपन नहुने गरी काम गर्ने विश्वास व्यक्त गरे। “सङघले गर्दै आएको काममा हस्तक्षेप होइन, सहकार्य हुने हाम्रो विश्वास छ । सहकार्यलाई कागजमा सीमित नगरी कार्यान्वयन गर्ने हामी प्रतिबद्ध छौँ ”, सङ्घका अध्यक्ष नुरु शेर्पाले भने ।
सङ्घले तालिम सञ्चालन गर्दा प्रतिष्ठानको शैक्षिक कार्यक्रममा संलग्न विद्यार्थीलाई २० प्रतिशत कोटा सुरक्षित गर्ने सहमति भएको छ । यस्तै, सङ्घले प्रतिष्ठानबाट सञ्चालन भइरहेका स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीलाई हरेक शैक्षिक सत्रमा कम्तीमा एक र एकजनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको छ ।
सहमति पत्रमा प्रतिष्ठानका विद्यार्थीको हकमा न्यूनतम सङ्ख्या पुग्ने भएमा छुट्टै तालिम सञ्चालन गर्ने व्यवस्था उल्लेख छ । उक्त सम्झौता पाँच वर्षसम्म कायम रहने बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया