Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगैरआवासीय नागरिकता दिने कार्य सुरु, पहिलो नागरिकता एनआरएनएका केसी र आचार्यलाई

गैरआवासीय नागरिकता दिने कार्य सुरु, पहिलो नागरिकता एनआरएनएका केसी र आचार्यलाई


काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता वितरण कार्य सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै पहिलो गैरआवासीय नागरिकता गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई प्रदान गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा र जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही असोज २९ गते कार्यकारी अध्यक्ष बद्रि केसीका नाममा नागरिकता जारी गरेको थियो । नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्थानुसार दुबै नागरिकता दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो । ७७ वटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । साथै, गैरआवासीय नेपाली नागरिकताका लागि आजदेखि गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए । उनले गैरआवासीय नेपालीले संवैधानिक अधिकार प्राप्त गरेको बताएका छन् । एनआरएनएसँग सम्बन्धित थुप्रै सवालहरूलाई सरकारले नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको उनको दाबी थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया