मुलुकको अर्थतन्त्र गम्भीर संकटमा : पूर्वअर्थमन्त्री पौडेल
काठमाडौं । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पुगेको बताएका छन् । मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहँदा पनि सरकार भने आवश्यकताअनुसार गम्भीर बन्न नसकेको उनको आरोप छ ।
गम्भीर संकटमा फसिसकेकोले वर्तमान अर्थतन्त्रलाई सामान्य ढङ्गबाट यसको समाधान निस्किन सक्ने अवस्था नरहेको उनले बताए । रूपन्देही उद्योग संघको ४५औँ साधारणसभा तथा २३औँ अधिवेशनको सोमबार बुटवलमा उद्घाटन गर्दै उनले बजार मन्दीको अवस्थामा पुगेको उल्लेख गरे । अर्थतन्त्रको हिसाबमा हेर्दा मुलुकको अहिलेको परिस्थिति विशेष रहेकाले त्यसैबमोजिमको अग्रसरता र सरकारको निर्णय हुनुपर्नेमा हुन नसकेको उनको भनाइ थियो । अर्थतन्त्रमा देखिएका समस्या साधानका लागि संसद्मा रहेका सबै राजनीतिक दल, आर्थिक क्षेत्रका विज्ञ र निजी क्षेत्रको विश्वास जितेर सरकारले गम्भीर कदम चाल्नुपर्नेमा उनले जोड दिए । यस्तै उनले देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार गर्न नसकेको आरोप लगाए ।
सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी, व्यवसायी सन्तुष्ट हुने अवस्था नरहेको समेत उनको भनाइ थियो । ‘सरकारले उद्योगी र व्यवसायीहरूको टाउकामा लाठी बर्साएको छ, उद्योगीका समस्या सुनेर समाधान गर्न सकेको छैन र उल्टै उद्योगी र व्यवसायीलाई त्रसित गर्ने काम गरेको छ’, उनले भने । मुलुकको आर्थिक संकटका कारण पुँजी पलायन हुँदै गएको र भएका उद्योग पनि बन्द हुने अवस्था सिर्जना हुँदै गएको उनले बताए । अहिले देशका उद्योगहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्न सकेको उनको भनाइ छ । ‘उद्योगहरूमा उत्पादन घट्ेको छ, माग, आपूर्ति पनि घटेको छ’, उनले भने ।
कार्यक्रममा उनले रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोर बन्न नदिने प्रयत्न भइरहेको बताए । यस्तै प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले आन्तरिक कारणले देशको अर्थतन्त्र थलिएको बताए । बैंक तथा वित्तीय क्षेत्रको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायी धाराशायी हुने अवस्थामा पुगेको उनको भनाइ थियो । रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले आर्थिक संकटसँगै युवा शक्तिको पलायनले उद्योगको विस्तार र पुस्तान्तरणमा संकट सिर्जना हुने डरलाग्दो अवस्थाले उद्योगीहरू पिरोलिएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया