काठमाडौँ । खेलकुद तथा समाजसेवामा योगदान दिएका तीन जना व्यक्तित्व सम्मानित भएका छन् । नेपाल टाइगर्सद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि चेम्बर अफ कमर्सका अध्यक्ष एवं युवा समाजसेवी रामनारायण घिमिरे, ५५औँ एसियाली शारीरिक सुगठनमा स्वर्ण पदक विजेता रजनी श्रेष्ठ र तेक्वान्दोका प्रशिक्षक श्याम थापामगर सम्मानित भएका हुन् । वेस्टर्न युनाइटेड क्लबका अध्यक्षसमेत रहेका समाजसेवी घिमिरेले चन्द्रागिरि नगर क्षेत्रमा खेलकुद प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याउँदै आएका छन् ।
सांसद कृष्णगोपाल श्रेष्ठले उनीहरूलाई सम्मान गर्दै अगामी दिनमा खेलाडी र खेल क्षेत्रको प्रवर्द्धन गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने राससलाई जानकारी दिए ।
सो अवसरमा युवाउद्यमी नयन लामिछानेले खेल र खेलाडीलाई सधैँ राजनीतिबाट अलग राखेर अगाडि बढ्नुपर्दछ भने । कार्यक्रम संयोजक सविन तामाङले आगामी दिनमा समाजको विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिँदै जाने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया