हमासको कब्जाबाट मुक्त गराइदिन विपिनका परिवारद्वारा प्रधानमन्त्रीलाई अपिल
कैलाली । इजरायलमा प्यालेस्टाइनी समूह हमासले आक्रमण गर्दा कञ्चनपुरको भीमदत्त नगरपालिका ३ का विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ ।
बेपत्ता पारिएका विपिन अहिलेसम्म पनि सम्पर्कमा नआएको हुँदा उनका परिवारका सदस्यहरूले विपिनलाई हमास समूहले अपहरण गरेको भन्दै विभिन्न कार्यक्रममा सरिक हुन कैलाली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै उनको रिहाइको पहल गर्न अपिल गरेका छन् ।
ज्ञापन पत्र बुझ्नु अघि नै प्रचण्डले विपिनको बिषयमा सरकार गम्भीर रहेको र खोजी कार्य तीव्र पारेको बताएका थिए । विपिनमा बुबा, आमा र बहिनी पुष्पा जोशीले हस्ताक्षर गरेको ज्ञापन पत्र प्रधानमन्त्री प्रचण्डले बुझेका थिए । ज्ञापन पत्रमा विपिनलाई हमास समूहले ३्४ जना थाई नागरिकसँगै अपहरण गरेको भन्ने बुझिएकोले उनको रिहाइको लागि पहल गर्न अपिल गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया