प्रहरीद्वारा पुनर्मिलन कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल प्रहरीद्वारा आयोजित पुनर्मिलन कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ । ६८औँ प्रहरी दिवस २०८० का अवसरमा गरिएको उक्त सम्पन्न कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर एवं वरिष्ठ प्रहरी अधिकृतहरू र अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरुबीच प्रहरी दिवस २०८० तथा विजया दशमी, तिहार र छठ पर्वको शुभकामाना आदान प्रदान गरिएको थियो ।
पुनर्मिलन कार्यक्रममा महानिरीक्षक कुँवरले अग्रज प्रहरीद्वारा आ–आफ्नो कार्यकालमा भएका अथक प्रयासहरूको सम्मान गर्दै उक्त प्रयासलाई आगामी पुस्ताले समेत निडरताका साथ निरन्तरता दिई अगाडि बढ्ने बताए । नेपाल प्रहरीले कार्यान्वयनमा ल्याएको नेपाल प्रहरी कार्ययोजना, २०८० लाई प्राथमिकतामा समावेश गरेको उल्लेख गर्दै त्यस विषयमा अग्रजहरूको अनुभव, सहयोग, सल्लाह र मार्गनिर्देशन प्राप्त भइरहने अपेक्षा रहेको बताए ।
सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक प्रहरी कर्मचारीहरूले संगठनको श्रीवृद्धि गर्नका लागि आ–आफ्नो कर्तव्य पालना गर्दा निर्भिकता र निडरकासाथ कार्यसम्पादन गर्नुपर्ने बताए । नेपाल प्रहरीमा आवद्ध भई अन्तर्राष्ट्रिय खेलकुदमा प्राप्त गरेको सफलताले विश्वमा समग्र नेपाल र संगठनको गौरव बढाएको उनले चर्चा गर्दै आउँदा दिनमा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न अवकाश प्राप्त प्रहरी कर्मचारीहरू प्रतिवद्ध रहेको उल्लेख गरे ।
विविध गीत, संगीत र नाटकसहितको साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा प्रदेशसभाका सदस्य, पूर्व सभासद एवं अवकाश प्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष एवं पदाधिकारीहरू लगायतका नेपाल प्रहरीका अवकाश प्राप्त तथा बहालवाला प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया