Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनआरएनए अध्यक्ष आचार्यलाई तेस्रो नागरिकता !

एनआरएनए अध्यक्ष आचार्यलाई तेस्रो नागरिकता !


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आलोपालो अध्यक्ष कुल आचार्यले तेस्रो नागरिकता पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीलाई दिने भनिएको नागरिकता मंगलबार प्रदान गरेपछि आचार्य तेस्रो नागरिकता पाउने व्याक्ति बनेका छन् ।

आचार्यले यसअघि नै नेपाली र बेलायती नागरिकता र त्यसको आधारमा दोहोरो पासपोर्ट लिएर ठाँउ र परिस्थिति हेरेर प्रयोग गरेको आरोपसहित उजुरी परिसकेको छ ।

पर्वतमा जन्मघर भएका आचार्यले यसअघि पर्वत जिल्लाबाट नागरिकता लिएका थिए । गैरआवासीय नेपाली संघको विश्व सम्मेलनको अवसरमा प्रधानमन्त्री प्रचण्डले संघका आलोपालो अध्यक्षहरु कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरेका छन् ।

तर पूर्वमाओवादी नेता समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री प्रचण्डले गैरआवसीय नेपाली नागरिकता वितरण सुरु गरेर राष्ट्रघात गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । उनले अब नेपालमा लुटेको संम्पति विदेश लैजान बाटो खुलेको र दुनियाँमा कहीँ नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया