लगानीका लागि अर्जेन्टिनालाई चेम्बरको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अर्जेन्टिनालाई आग्रह गरेको छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर गोवीसँग चेम्बर भवनमा भएको भेटवार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले लगानीका लागि आग्रह गरेका हुन् ।
नेपालको पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा प्रतिफलको उच्च सम्भावना भएको अध्यक्ष मल्लले बताए । उनले भने, ‘अर्जेन्टिना भौगोलिक दृष्टिकोणले टाढा भए पनि व्यापारिक क्षेत्रमा थुप्रै सहकार्य गर्न सकिन्छ । नेपालको पर्यटन क्षेत्र पृथक खालको छ । सूचना प्रविधिमा पनि अधिक सम्भावना छ । दुई देशका निजी क्षेत्रबीच सहकार्यमार्फत लगानीका लागि आग्रह गर्दछु ।’ नेपालमा अवैतनिक दूतको नियुक्ति गरेर व्यापारिक सहकार्य गर्न समेत अध्यक्ष मल्लले राजदूत गोवीसँग आग्रह गरे । नेपाल अर्जेन्टिनाबीचको कूटनीतिक सम्वन्ध ६० वर्ष पूरा भएको सन्र्दभमा अध्यक्ष मल्लले व्यापारिक सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष मल्लले अर्जेन्टिनाको निजी क्षेत्र र नेपाल चेम्बर अफ कमर्सबीच सहकार्य गर्न सकिए आर्थिक गतिविधि विस्तार हुने बताए । नेपालले अर्जेन्टिनाबाट गतवर्ष करिव २५ अर्व रुपैयाँको वस्तु आयात गरेको थियो । राजदूत गोवीसँग अध्यक्ष मल्लले नेपालको जलविद्युत्, वनजन्य उद्योग, जडीबुटी प्रशोधनजस्ता क्षेत्रमा समेत लगानीका लागि प्रस्ताव गरेका छन् । दुई देशका निजी क्षेत्रस्तरमा उच्चस्तरीय व्यापारिक भ्रमण गराएर आर्थिक गतिविधि विस्तार गर्न सकिनेमा अध्यक्ष मल्लले जोड दिए । भेटमा राजदूत गोवीले नेपालमा आर्थिक गतिविधि विस्तार गर्नका लागि आफूले पहल गर्ने बताए । हिमालय पर्वतको देश नेपाल भौगोलिक र प्राकृतिक दृष्टिकोणले समेत उच्च रहेको राजदूत गोवीको भनाइ छ ।
दुई मुलुकबीचको सम्बन्धलाई जनस्तरबाटै विकास गर्नुपर्नेमा राजदूत गोवीले जोड समेत दिए । उनले भने, ‘नेपालसँगको सम्बन्धलाई जनस्तरबाटै विकास गर्न आवश्यक छ यसका लागि पनि म पहल गर्छु ।’ नेपालको खाद्य सुरक्षाका लागि सहयोग गर्न अर्जेन्टिना तयार रहेको समेत राजदूत गोवीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया