Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावरले लगानी जुटायो

२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावरले लगानी जुटायो


काठमाडौं । देव ग्रुपले निर्माण गर्न लागेको २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडले लगानी जुटाएको छ । सो आयोजना निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा ऋण लगानी जुटेको हो । यस आयोजनामा कृषि विकास बैंक र माछापुछ्रे बैंकको पनि लगानी रहनेछ ।

लगानीसम्बन्धी सम्झौतामा सोमबार देव ग्रुपका अध्यक्ष तथा कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र वल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियम÷पूर्वाधार बैंकिङ एकाइका प्रमुख रोसन मल्लले हस्ताक्षर गरेका छन् । यस आयोजनामा तीन अर्ब ९४ करोडको लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी हुने सम्झौतामा उल्लेख छ । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर आयोजना माग्दीको राघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को ठूलो खोला निर्माणाधीन छ । आयोजना ३४ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष पन्तले बताए । २०८२ सालको असोज २८ गते निर्माणसम्पन्न गर्ने मिति तोकिएको भए पनि त्योभन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने गरी काम तीव्र गतिमा भइरहेको अध्यक्ष पन्तले जानकारी दिए ।

यस ठूलो खोला हाइड्रोपावर आयोजनामा देव ग्रुपकै स्वामित्व रहेको अर्काे आयोजना प्रोजेक्ट टक्सार पिखुवा हाइड्रोपावर लिमिटेडको समेत लगानी रहेको छ । टक्सार पिखुवा हाइड्रोपावर विगत दुई वर्षअगाडि नै सम्पन्न भई विद्युत् उत्पादन गरिरहेको कम्पनी हो । यो कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया