सरकारलाई जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गरिदिन मुस्ताङवासीको माग
अन्नपूर्ण (कास्की) । समक्ष मुस्ताङवासीले जलवायु परिवर्तनको असरबाट हुने क्षति न्यूनीकरणका लागि नयाँ कार्यक्रम सञ्चालन गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका छन् । बुधबार आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री दाहाल समक्ष स्थानीयवासीले सो माग राखेका हुन् ।
जलवायु परिवर्तनका कारण मुस्ताङमा मानवीय र भौतिक क्षति बढेकाले न्यूनीकरणका लागि प्रधानमन्त्रीसंग आग्रह गरेको स्थानीय चन्द्रबहादुर थकालीले बताए । जलवायु परिवर्तनका कारण जिल्लामा उत्पादन हुने स्याउलगायत अन्य बालीमा रोग कीराको समस्या बढिरहेको पनि उनले बताए । मुस्ताङी जनताले झेल्नुपरेको समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ थियो ।
जलवायु परिवर्तनको असरका कारण जिल्लामा वर्षासँगै बेमौसमी हिमपात भएकाले पालिकाभित्र क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन जामगेल गुरुङले बताए । “गतवर्ष असोज १७ देखि लगातार सात दिनसम्म वर्षा हुँदा धेरै क्षति पुगेको थियो,” उनले भने, “यसवर्ष पनि गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा ठूलो क्षति पु¥याएको छ । त्यसैले जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका लागि सङ्घीय सरकारले ध्यान दिन जरुरी छ ।”
वातावरण अनुकूल विकास निर्माणको काम गर्नुपर्ने, इन्धन खपत कम गर्ने, जैविक विविधता संरक्षण गर्नुपर्ने, हरितगृह ग्यास उत्सर्जनमा विशेष ध्यान दिनुपर्ने प्रदेशसभा सदस्य विकल शेरचनले बताए । यसमा तीन तहकै सरकारको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया