नेकपा एमालेद्वारा गाजास्थित अस्पतालमा भएको आक्रमणको भत्सर्ना
काठमाडौं । नेकपा एमालेले इजरायल र प्यालेष्टाइनको हमास समूह विच भइरहेको युद्धका क्रममा गएराति प्यालेस्टाइनको गाजास्थित अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ । ५०० जना बढी नागरिकको उक्त आक्रमणमा परि मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
‘उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, अस्पतालमा उपचार गराइरहेका बिरामी, बिरामीका कुरुवा, आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक मारिएको खबरले हामी स्तब्ध भएका छौं,’ एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार निकालेको विज्ञप्तिमा भनिएको छ ।
क्रूर र अमानवीय आक्रमण तत्काल रोक्न एमालेले द्धन्द्धरत पक्षलाई आग्रह गरेको छ । सिङ्गो अस्पताल भवन नष्ट हुनु र बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुने एमालेले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया