विश्वव्यापीरूपमा नागरिकको संवेदनशीलता बढेको छ : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ दिवसका अवसर नेपाली सेनाले बुधबार आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ चुनौतीको उदयसँगै विश्वव्यापीरूपमा नागरिकको संवेदनशीलता बढेको बताएका छन् ।
उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको बडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहेको उल्लेख गरे । उनले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाको विश्वास र वैधता कायम राख्न नयाँ र जटिल चुनौतीबीच कसरी शान्ति सुनिश्चित गर्ने भन्ने विषयमा पुनःविचार गर्न आवश्यक देखिएको धारणा व्यक्त गरे ।
संयुक्त राष्ट्रसङ्घ दिवस, २०२३ को अवसरमा ‘शान्ति म बाट सुरु हुन्छ’ भन्ने नाराका साथ आयोजित समारोहमा उनले संयुक्त राष्ट्रसंघको बडापत्रको आदर्श र विश्व शान्तिको उद्देश्यप्रति नेपालको प्रतिबद्धताबारे स्मरण गराए ।
उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनाका लागि शान्ति सेनाले निरन्तर खटेर योगदान गरिरहेको बताए । उनले राष्ट्रसङ्घले विश्वको शान्ति, प्रगति र समृद्धिका लागि अथक प्रयास गर्दै आएको कुरा नेपालले सदैव स्वीकार गरेको बताए ।
संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा सेना पठाउने मुलुकमध्ये हाल नेपाल शीर्ष दोस्रो स्थानमा छ । उपप्रधानमन्त्री खड्काले राष्ट्रसङ्घको आह्वानमा शान्ति कार्यमा दस हजारसम्म तालिम प्राप्त शान्ति सेनालाई परिचालन गर्न सकिने प्रतिबद्धता रहिआएको उल्लेख गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
- नेसनल लाइफको कोशीटप्पु भ्रमण कार्यक्रम
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया