बोनस रकम नदिएको भन्दै चौधरी ग्रुपका मजदुरहरू आन्दोलित
नवलपुर । वार्षिक रूपमा खाइ रहेको बोनस रकम नदिएको भन्दै नवलपुरको देवचुलीमा रहेको चौधरी ग्रुपका मजदुरहरू आन्दोलित भएका छन् । चौधरी ग्रुपको सिजी ब्रुअरीमा काम गर्ने मजदुरहरूले वार्षिक रूपमा खाइ रहेको बोनस रकम नदिएको भन्दै आन्दोलित भएका हुन् ।
सिजी ब्रुअरीले गतवर्ष २८ लाखको बियर बेचेकोले त्यसबाट भएको फाइदाबाट बोनस रकम पाउनुपर्ने मजदुरहरूको भनाइ छ । गत वर्ष दसैँमा रु. ५०(६० हजार बोनस पाए पनि यस पटक एकरुपैयाँ पनि बोनस नदिएकोले आन्दोलन गर्नुपरेको मजदूरहरुले बताएका छन् ।
प्रशासनसँग पटक पटक छलफल गर्दा पनि प्रशासनले मजदुरको मागप्रति चासो दिनुको साटो उल्टै प्रहरी दमन गरेको शशी सिग्देलले बताए । प्रहरीको लाठी प्रहारबाट १० जना मजदुर घाइते भएको उनको भनाइ छ । श्रम ऐनअनुसारको सेवा सुविधा नपाएसम्म आफूहरू आन्दोलनबाट पछि नहट्ने सिग्देलले बताए ।
उद्योगका प्रतिनिधि तिलकराज शर्माले मजदुरका पक्षमा बोल्नुको साटो उल्टै आन्दोलन नगर्न र आन्दोलन गरे कामबाट निकाल्ने धम्की दिएपछि मजदुरहरू थप आक्रोशित भएका हुन् । उद्योग प्रशासनले उद्योग घाटामा गएकाले बोनस दिन नसकेको बताएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया