Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपतिबाट कैद माफी पाएका लोकबहादुर पुनः पक्राउ

राष्ट्रपतिबाट कैद माफी पाएका लोकबहादुर पुनः पक्राउ


काठमाडौं : हत्या अभियोगमा दोषी ठहर भई जन्मकैदको सजाय पाएर पनि रष्ट्रपति रामचन्द्र पौडेलले आम माफि दिएर छुटेका बाँके नेपालगञ्जका गुण्डानाइके योग ढकाल रिगल विरुद्ध व्यापक प्रदर्शन र विरोध भइरहँदा अर्का कैदि छुटेको एक महिना नपुग्दै पुनः पक्राउ परेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाएका रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकबहादुर विकलाई हत्या आरोपमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो।

रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार उनलाई मुसिकोट नगरपालिका-७ साँखुकी २७ वर्षीया भावना बिकको हत्या आरोपमा पक्राउ गरिएको हो।

गत असोज ३० गते बिहान खलंगाको सत्कार होटलमा हत्या गरिएको अवस्थामा भावनाको शव फेला परेको थियो। उनको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेपछि शवलाई शिरकले छोपेर राखिएको अवस्थामा भेटिएको थियो।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया