Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनवरात्रको अवसरमा भण्डारीद्वारा लिङ्ग भैरवी मन्दिरमा पूजा

नवरात्रको अवसरमा भण्डारीद्वारा लिङ्ग भैरवी मन्दिरमा पूजा


काठमाडौँ । बिहीबार काठमाडौँको बसुन्धारास्थित लिङ्ग भैरवीको मन्दिरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूजा गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले नवरात्रको अवसर पारेर लिङ्ग भैरवीमा बिहीबार दिउँसो पूजा आराधना गरेकी हुन् ।

अहिले नवरात्रको समयमा उक्त मन्दिरमा दैनिक एक हजारको सङ्ख्यामा भक्तजनले पूजापाठ गर्नुका साथै आरती, अभिषेक गरिरहेको मन्दिरका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिए । नवरात्रको समयमा मन्दिरमा बिहान ७ बजे, दिउँसो १२ बजे र राति ७ बजे आरती तथा अभिशेक कार्यक्रम गरिँदै आएको छ ।

चीन, भियतनाम, रुस, भारत, मङ्गोलिया, कम्बोडियालगायतका देशबाट अहिले नवरात्रको समयमा पनि भक्तजनहरु दर्शन तथा पूजाआजाका लागि आउने गरेको मन्दिरका पुजारी स्वामी बज्र बालाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया