Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण कायम गरौँ : नेता पौडेल

धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण कायम गरौँ : नेता पौडेल


म्याग्दी । नेकपा (माओवादी केन्द्र)का सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । बिहीबार बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले धार्मिक र सामाजिक सद्भाव खलबल्याउने तत्वप्रति सचेत रहनुपर्ने बताए ।

नेता पौडेलले भने “सद्भाव खलबलाउने, व्यवस्थाप्रति भ्रम पैदा गराउने र देशलाई अधोगतितर्फ लैजाने गतिबिधिलाई निरुत्साहित गर्न धार्मिक सद्भाव र सामाजिक सहकार्य हुनुपर्छ ।”

नागरिकले सेवाप्रवाह र विकासका विषयमा उठाउने प्रश्नलाई राजनीतिज्ञ र प्रशासकले सचेतरूपमा लिनुपर्ने बताउँदै उनले अहिलेको व्यवस्थाबाट पछि फर्कने अवस्था नरहेको स्पष्ट पारे । चाडपर्वलाई धार्मिक सद्भाव र सहकार्य गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्ने आवश्यकता पार्टीका जिल्ला ईञ्चार्ज गुप्तबहादुर हमालले औँल्याए ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले चाडपर्वलाई सुरक्षित, मर्यादित, मौलिक र सांस्कृतिक हिसाबले मनाउनुपर्नेमा जोड दिए । माओवादी केन्द्रको बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसीले नगरपालिकाको विकास, सामाजिक तथा आर्थिक मुद्दाको साझा धारणा र सहकार्यको वातावरण बनाउ चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया