सङ्खुवासभा । मुआब्जा रकम माग गर्दै सडक आन्दोलन सुरु गरेको ४७ औँ दिन अरुण तेस्रोको विद्युत्गृह प्रवेश मार्गका मुआब्जापीडितले सडकमै दसैँ मनाएका छन् । प्रवेश मार्ग (सडक) निर्माण गर्दा जग्गाधनीले पाउनुपर्ने मुआब्जा नपाएको भन्दै स्थानीयवासीले सडक बन्द गरेका हुन् ।
दसैँ भित्रिसक्दासम्म पनि सरकारले निर्धारण गरेको मुआब्जा रकम नपाएपछि गत भदौ १६ देखि स्थानीयवासीले प्रवेश मार्ग बन्द गरी सामूहिक रूपमा सडकमै दसैँ मनाइएका हुन् ।
मुआब्जा सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष जनिकुमार राईले पटक पटक आन्दोलन गर्दा पनि सरकारले बेवास्ता गरेपछि यस पटक निर्णायक आन्दोलन भइरहेको बताए । यसअघिको आन्दोलनमा विभिन्न आश्वासन दिएर आन्दोलन रोकिए पनि माग पूरा नभएकाले यस पटक खातामा रकम नआएसम्म आन्दोलन नरोक्ने उनको भनाइ छ । हाल अरुण तेस्रोको विद्युत् गृह जाने निर्माण सामग्री र मजदुर बोकेको सवारी साधन ठप्प गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया