Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपछिल्लो २४ घण्टामा काठमाडौंबाट एक लाख यात्रु बाहिरिए

पछिल्लो २४ घण्टामा काठमाडौंबाट एक लाख यात्रु बाहिरिए


काठमाडौं । दसैंको मुख्य दिन नजिकिएसँगै पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार नागरिक दसैं मनाउन काठमाडौं उपत्यका छाडेर गएको उनले बताए ।

भट्टका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो । निजी सवारीसाधनमार्फत जानेहरूको सङ्ख्या गणना नहुने भएकाले अझै धेरै सङ्ख्यामा नागरिकहरुले उपत्यका छाडेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया