Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडा. सापकोटा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त

डा. सापकोटा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त


काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. रुपक सापकोटालाई नियुक्त गरेको छ ।

हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत डा. सापकोटाले यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

उनले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रेनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी हासिल गरेका थिए । हालै, डा. सापकोटालाई प्रधानमन्त्री प्रचण्डको चीनको औपचारिक भ्रमणको उच्चस्तरीय प्रतिनिधिमण्डलमा परराष्ट्रविदका रुपमा सामेल गराइएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया