इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूले अनलाइनमार्फत आफ्नो विवरण भर्नुपर्ने
काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले सञ्चालनमा ल्याएको अनलाइनमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूले अनलाइनमार्फत आफ्नो विवरण भर्नुपर्ने भएको छ। यसअघि अनलाइन फर्म घर फर्किन चाहनेहरूको लागि मात्र खुला गरिएको थियो । तर, अब इजरायल र हमासबीचको द्वन्द्व झन् चर्किँदै गएको भन्दै दूतावासले इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई आफ्नो विवरण दूतावासको अनलाइन प्रणालीमार्फत भर्न भनेको छ।
इजरायल र हमासबीचको द्वन्द्व झन् चर्किँदै गएको भन्दै दूतावासले यस्तो आह्वान गरेको हो। दूतावासले सबै नेपालीलाई भोलिको दिनमा कुनै निर्णय लिनुपर्ने अवस्था आएमा सजिलो होस भनेर आफ्नो अवस्थाबारे जानकारी गराउन भनेको छ। गाजास्थित हमास समूहले इजरायलको सीमा क्षेत्रका गाउँहरूमा अक्टोबर ७ तारिखका दिन एकाबिहानै आक्रमण गरेको थियो। त्यसयता इजरायलले हमास समूहमाथि निरन्तर आक्रमण गर्दै आएको छ। हाल दूतावासले इजरायलको दक्षिणी क्षेत्रसँगै उत्तरी लेबनानसँगको सीमा क्षेत्रमा समेत रकेट तथा मिसाइल प्रहार भइरहेको जनाएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया