Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखरीमा भूकम्पले ७५ घर चर्किनुका साथै २० घर भत्कियो

खरीमा भूकम्पले ७५ घर चर्किनुका साथै २० घर भत्कियो


धादिङ । धादिङको ज्वालमुखी गाउँपालिका ५, कुमालटारी लगायतका गाउँबस्तीमा आइतबार बिहान गएको भूकम्पका कारण २० वटा घर भत्किएका छन् भने ७५ वटा घर चर्किएको छ । भुकम्पको केन्द्र विन्दु वनेको खरी क्षेत्रमा भएको क्षतीको आवश्यकताअनुसार राहतको तत्काल व्यवस्था गर्ने गरी अवस्था बुझ्न घटनास्थलतर्फ टोली पठाइएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपि गौतम मिश्रका अनुसार चर्किएका घरहरूको विस्तृत विवरण संकलन अझै जारी रहेको छ । पूर्व वडाध्यक्ष कृष्णप्रसाद काप्रीले भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको बताए । वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पपछि लगातार जसो पराकम्प आइरहेकाले सचेत हुन आग्रह गरेका छन् ।

धादिङको ज्वालामुखी ५ साविक खरी गाविस केन्द्रबिन्दु भई आईतबार बिहान ७ः३९ मा ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्प गएको क्षेत्र गोरखासँग सीमा जोडिएको बूढीगण्डकी नदीको तटिय क्षेत्र हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया