Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगृहमन्त्री नारायणकाजी श्रेष्ठ कात्तिक ८ गते स्वदेश फर्कने

गृहमन्त्री नारायणकाजी श्रेष्ठ कात्तिक ८ गते स्वदेश फर्कने


काठमाडौं । चीनमा भएको बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज डिस्चार्ज भएका छन् । मन्त्री श्रेष्ठ पाँच दिने उपचार पश्चात स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ ।

उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार उनी कात्तिक ८ गते बिहान स्वदेश फर्कने छन् । त्यसअघि उनी कात्तिक ३ गते स्वदेश फर्किने तालिका रहे पनि बिरामी भएकाले आठ गते मात्रै स्वदेश फर्किने भएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया