पाल्पामा फेरि भएको जीप दुर्घटनामा आठ जना घाइते, तीनको अवस्था गम्भीर
पाल्पा । पाल्पामा फेरि अर्को जिप दुर्घटना भएको छ । सोमबार दिउँसो तानसेन–७, लामीडाँडामा गुल्मीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ज ४१६५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।
दुर्घटनामा परी गुल्मी जिल्ला रुरु गाउँपालिका थोर्गाका ४५ वर्षीय टोपकला ज्ञवाली, रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–२, का ४५ वर्षीय रेशम गिरी, गुल्मी स्मा गाउँपालिका–४, का ३९ वर्षीय दानबहादुर खत्री गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाइले घाइते सबैको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जानकारी दिए । उनले अन्यको अवस्था सामान्य रहेको बताएका छन् । प्रहरीले दसैं तथा चाडपर्वको समयमा अत्यधिक गति र सवारी साधनको चापका कारण दुर्घटना हुने गरेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली
- पत्रकार महिला क्षमता अभिवृद्धि तालिमको उद्घाटन
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया