काठमाडौं । यस वर्ष दसैँ टीकाको उत्तम साइत बिहान ११ः०२ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले साइत नै चाहिनेहरुका लागि ११ बजेर २ मिनेटमा उत्तम साइत भनेर तय गरेको हो ।
समितिका अनुसार कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत र देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको छ । गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दसैँ सुरू भएको हो । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो दसैँ पर्व समाप्त हुन्छ ।
हामीले घटस्थापनादेखि दशमीसम्म दुर्गाको नित्य पूजा गरेका हुन्छौं । त्यसका आ–आफ्नै प्रक्रिया छन् । शुरुमा घटस्थापना गरिन्छ, सप्तमीका दिन विभिन्न प्रकारका वनस्पती र फलफूलहरु सहित फूलपाती भित्र्याइन्छ । नवदुर्गाको पूजा हुन्छ, हातहतियार अनि यन्त्रहरुको पूजा गरिन्छ । महानवमीका दिन हवन गरिन्छ । विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गरेपछि दसैँका दिन नित्य पूजा गरेर आरती पुष्पाञ्जली गरेर दुर्गा विसर्जन गरिन्छ । दुर्गा विसर्जनपश्चात कलश उठाएर त्यहाँको जल घरका विभिन्न ठाउँमा छर्ने र शान्ति, प्रगति र उन्नतीको कामना गरिन्छ । दुर्गा विसर्जन गरेपछि टीकाको क्रम सुरु हुन्छ र सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने परम्परा छ । त्यसपछि हामी मान्यजनबाट टीका लगाउँछौं ।
दसैँको टीका र जमरा दुर्गाको प्रसाद हो । दसैँमा टीकाको जस्तै जमराको पनि आफ्नै विशेष महत्व छ । मान्यजन र ठूलाबडाबाट आशिर्वादका साथ टीका जमरा लगाइदिने चलन छ । दुर्गास्थापना गरेको ठाउँमा जौ उमारेर जमरा तयार गरी त्यसलाई टीकापछि प्रसादको रुपमा ग्रहण गरिन्छ ।
नेपाली समाजको परम्परा आफ्नै विशिष्ठता र विशेषतायुक्त छ । ठाउँअनुसार आफ्नै खालका परम्पराहरु छन् । पूर्वी र मध्य नेपालमा पूर्णिमाका दिनसम्म टीका लगाइदिने चलन छँदैछ । तर, पश्चिम नेपालका कैयौ ठाउँहरुमा दुर्गा विसर्जन गरेको एक दिनमात्रै टीका ग्रहण गर्ने चलन छ । आ–आफ्नै परिवेश अनुसार चलेका चलनुसार एक दिन लगाउने होस् वा पाँच दिने लगाउने चलन होस् दुबैका आ–आफ्ना विशेषता छन् । पछिल्लो समय यी चलनहरु एक आपसमा सम्मिश्रण हुँदै गइरहेका पनि छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया