Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार९१ वर्षीया भाउजूबाट राष्ट्रपति पौडेलले गरे टीका ग्रह

९१ वर्षीया भाउजूबाट राष्ट्रपति पौडेलले गरे टीका ग्रह


काठमाडौँ । मंगलबार राष्ट्रपति पौडेलले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा ९१ वर्षीया भाउजूबाट टीका प्रसाद ग्रहण गरेका छन् । आफूले टीका ग्रहण गरेपछि उनले परिवारका सदस्यलाई टीका लगाइदिएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा विजया दशमीको दिन अति विशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधरणका लागि ३ बजेदेखि ५ बजेसम्म विजया दशमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको छ । अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणका लागि टीका प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोषकमा १ नम्बर प्रवेशद्वारबाट आउन भनिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया